२०८३ बैशाख ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सोलुखुम्बु, २८ जेठ । सोलुखुम्बुमा ट्रकमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।  सोलु दुधकुण्ड नगरपालिका-८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा करेन्ट लागेको थियो ।

रोडमाथि टाँगिएको बिद्युतको मेन तारमा जेसिबीले छुँदा करेन्ट लाग्दा २ जनाको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाऊपालिका ५ का २६ वर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजा का २३ वर्षीय राम परीयार रहेका छन् ।

घाइतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका-८ का १९ वर्षीय बसन्त पौडेल र राम परियारकी श्रीमती २० वर्षीया लीला परियार रहेका छन् ।

घटनाको जानकारी पाएलगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट खटिएको प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!