
विराटनगर, २९ असोज । प्रदेश सरकारले सुनसरीको कोशी गाउँपालिकालाई बारुण यन्त्र, प्रहरी भ्यान र एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिकालाई एक वटा बारुण यन्त्र, प्रहरी चौकीका लागि १ वटा प्रहरी भ्यान र एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
बिहीबार मुख्यमन्त्री शेरधन राईले गाउँपालिकाका प्रशासकीय अधिकृत खगेन्द्र गिरीलाई चावी हस्तान्तरण गरे ।
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको विशेष पहलमा मन्त्रालयले कोशी गाउँपालिकाको विकासका लागि सो सामाग्री हस्तान्तरण गरेको हो ।