२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले आफ्नो खातामा आएको दशैंभत्ता लिन माग गरेका छन् । कोरोना महामारीमा पनि सांसदहरुले दशैं भत्ता बुझेको खबर सार्वजनिक भएपछि रावलले यस्तो माग गरेका हुन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् । उनले लेखेका छन्, ‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो । हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।’

‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ । मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ । दसैं भत्ताको रकम नलिन कुनै कानून संशोधन गर्न वा नयाँ कानून बनाउनु पर्दैन’, उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!