
विराटनगर, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक ३ गतेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको छ । आइतबार विज्ञप्ति निकाल्दै प्रमुख जिल्ला अधिकारी काेशहरि निराैलाले भोलिदेखि कात्तिक १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
उनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ ) र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले १५ गतेसम्म जिल्लाभरि नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामाे दूरीका यातायातबाहेक आवत-जावत नगर्न आग्रह गरेका छन् ।