२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।

वाणिज्य बैंक नपुगेका स्थानीय तहमा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनिचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिका हुन् ।

बैंकका अनुसार हालसम्म कूल ७५३ स्थानीय तहमध्ये २०७८ जेठसम्म ७५० स्थानिय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् । विसं २०७७ जेठसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए ।

जेठ मसान्तमा हाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या १३८ रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!