२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ कात्तिक । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने तीन जना विराटनगरबाट पक्राउ परेका छन् । सोमबार अनलाइनमार्फत आईपीएलको सट्टेबाजी गराउने तीन जनालाई प्रहरीले नगद रु २८ हजार पाँच सयसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगरका–१६ का ३७ वर्षीय पुरुषोत्तम साह, सोही स्थानका ३५ वर्षीय मन्जित साह र विराटनगर–१५का २८ वर्षीय अपजर अली रहेका छन् । पुरुषोत्तमको घरमा हिजो राति ११ः३० बजे सट्टेबाजी गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २२ हजार पाँच सय नगद, ५ थान मोबाइल, ४ वटा डायरी र को १८ प ६८८९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार पक्राउ उनीहरुमाथि जुवा वा सट्टेबाजी खेल मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!