२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ३ कात्तिक । कोरोना भाइरस संक्रमणबाट बच्नका लागि दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । रोगसँग लड्ने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुको सुझाव छ ।

त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा विज्ञहरु बताउँछन् । खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाको भनाइ छ । तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने उनले बताए ।

यसैगरी बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरूमा बढी विशाक्त प्रयोग भएको हुनसक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नसमेत उनले सुझाव दिए ।

बोइलर कुखुराको मासु धेरै नखानसमेत उनले आग्रह गर्दै उनले बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइडसमेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने बताए ।

यस्तै खसी–बोकाको मासुको उपभोग पनि कम गर्न उनको सुझाव छ । त्यसबाहेक कोकाकोला, फेन्टालगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे ।

दिनको एक दुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिललगायतका वस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानीले रोगब्याधि कम गराउने उनले बताउँदै उनले धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरूको प्रयोग नगर्नसमेत सुझाव दिए ।

उनले सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खान सुझाव दिए । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागतीलगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए ।

त्यसबाहेक नियमित व्यायाम गर्दासमेत शरीरमा फाइदा पुग्ने उनको भनाइ छ । योगा, खानपिन, आयुर्वेदका जडिबुटी र मनोविज्ञानका पक्षहरूमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

यस्तै भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए । दशैंमा घर नजानभन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरू अपनाउन सकिने बताए ।

घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनभन्दा अलग्गै बस्नुपर्नेमा उनले जोड दिए ।

खाना खाँदा दूरी कायम गर्ने, दसैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भीडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!