२०८३ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं,१५ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारीलाई सूचीकृत हुन आह्वान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्त्रालयले आर्थिक अवस्था न्यून रहेका १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगारहरुसँग निवेदन सङ्कलन शुरु गरेको हो ।

प्रत्येक नेपाली नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नेपाली नागरिकले रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन महिनाभरि आर्थिक वर्ष २०७९र०८० को लागि निवेदन माग गरेको छ ।

बेरोजगार व्यक्ति सूचीकरणसम्बन्धी व्यवस्था अन्तर्गत १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने, निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनुपर्ने, स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी वापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय ५७ हजार सात सयभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

सूचीकरणका लागि रीतपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानबिन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नु पर्ने, प्राप्त प्रमाणित निवेदनलाई स्थानीय निर्देशक समितिले थप छानबिन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची गाउँ कार्यपालिका र नगर कार्यपालिकाबाट स्वीकृतिका लागि सिफारिस गर्नुपर्ने, कार्यपालिकाले आवश्यक भए थप परिमार्जन गरी बेरोजगार व्यक्तिको अन्तिम सूची स्वीकृत गर्नुपर्ने प्रक्रिया तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!