
जनकपुरधाम, ५ कात्तिक । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले कृषि क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीचमा सहकार्य आवश्यक भएको बताएका छन् ।
मन्त्री भूषालले बुधबार धनुषा जिल्लाको कमला नदीले उकास गरेको जग्गाको स्थलगत निरीक्षण तथा अवलोकनपछि कमला नगरपालिकाले आयोजना गरेको किसान भेलामा बोल्दै कृषि क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य आवश्यक भएको बताए ।
उनले जनताको हजारौं विघा जग्गाको उपयोग गर्नका तीन वटै तहका सरकारले काँधमा काँध मिलाएर अगाडि बढ्न जरुरी रहेको बताए ।
मुलुकमा कृषि उत्पादन बढ्न नसकेका कारणले बर्सेनि रूपमा खाद्यान्न बाली अन्य मुलुकवाट आयात गरेर अरबौँ रकम विदेशीरहेको चर्चा गर्दै वर्तमान सरकार कृषि उत्पादन बढाउनका लागि सवै प्रकारको सहयोग किसानलाई गर्नका लागि तयार भएको बताए ।