२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ कात्तिक । प्रदेश १ सभाका मुख्य प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले दशैं भत्ता दिने र लिने दुवैलाई कारवाही हुनुपर्ने माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै कार्कीले कानुवविपरित काम गर्ने भत्ता लिने र दिने जनप्रतिनिधिलाई कारवाही गर्नुपर्ने बताएका हुन् ।

सांसदहरु कानुन बनाउने सभाका सदस्यहरु भएकाले कानुनमै नभएको दशैं भत्ता लिनु गैरकानुनी मात्र नभएर नैतिक आचरणविपरित भएको प्रमुख सचेतक कार्कीले बताए । कानुन नै निर्माण नगरी सांसदहरुलाई दशैं भत्ता दिने निर्णय गर्ने सरकारले पनि भ्रष्टचार गरेकोले कारवाही हुनुपर्ने सांसद कार्कीको दाबी छ ।

संघीय सरकारले समृद्धिको अभियान भनेर दुई तिहाइको बलमा जनतामाथि क्रुर शासन गर्ने मनसाय लिएको भन्दै उनले संविधानले दिएको मौलिक अधिकारमा स्वास्थ्य सेवा भएपनि कोरोना कहरका बेला उत्तरदायित्वबाट पन्छिने सरकारलाई सरकार भन्न नसकिने र यो लोकतान्त्रिक शासन पद्धतिको नीति नियम पनि नभएको उल्लेख गरेका छन् ।

जनता माहामारीबाट अस्पताल र कतिपय उपचार नपाएर घरमै तड्पीरहेको बेला सरकारले मुकदर्शक भएर मात्र औषधी उपचार नगर्ने घोषणा गर्नु अनुचित कदमको पराकाष्ठा भएको प्रमुख सचेतक कार्कीले जनाएका छन् ।

यसैगरी उनले सांसदहरुले आफनो खातामा आएको दशैं भत्ता चर्को विरोधपछि फिर्ता गरेर झन सस्तो लोकप्रियता कमाउने होडबाजी गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!