२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ कात्तिक । नेपाली कांग्रेसले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले पार्टी सभापति शेरबहादुर देउवालाई नभेटेको स्पष्ट पारेको छ । कांग्रेसका सहमहामन्त्री परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गोयलसँग सभापतिले भेट्ने कार्यक्रम नभएको बताए ।

बिहीबार फर्केनगरी बुधबार नेपाल आएका गोयल हाल काठमाडाैंमा रहेका छन् । बिहान ९ः३० बजे फर्कने गरी आएका गोयलको फिर्ता हुने समय अझै टुंगो नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ।

प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्रीहरुसँग भेट्नका लागि गोयल आएको बताइएपनि हालसम्म उनले भेटेको औपचारिक जानकारी कसैले दिएका छैनन् । सहमहामन्त्री महतले भने, ‘सरकारसँगको कुराले उनी आएका होलान् । हामीलाई भेट्नुपर्ने केही छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!