२०८२ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
– नवराज सुब्बा
यो दुनियाँमा
दुःख दिने बाहेक
अरू थोक नै के छ र
भोक भन या गरीबी
बन्द भन या हडताल
सत्ता भन या प्रतिपक्ष
सबै सबै दुःखै दिने चीज
मात्र त हुन् नि मेरा निम्ति
मलाई खुसी बाँड्ने
सेतो हिमाल छ
जो मलाई उभिन सिकाउँछ
कहिल्यै नरिसाई
सधैं हाँस्न सिकाउँछ
मलाई !
बन्द छलेर
बाधा पार गर्दै
जबर्जस्ती कर्फ्यू तोड्दै
सुटुक्क आइपुग्यौ तिमी
यो बिर्खेको घरमा
तिम्रो आगमनमा
म एकैछिन भए पनि
खुसी भएको छु
किनकि !
तिम्रो नाउँमा केटाकेटीले
पेटभरि खान पाएका छन्
यही निहुँमा भुन्टेकी आमाको
मक्किएको धोती फेरिएको छ
केटाकेटीको खुशी दशैं !
तिमी सँधै केटाकेटीसितै खेलिदिए हुन्थ्यो
यो घरमा पाहुना हैन सदस्य झैं बसिदिए हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!