
विराटनगर, ६ कात्तिक । विराटनगर महानगरपालिकामा निजी क्षेत्रबाट अत्याधुनिक प्याथोलोजी प्रयोगशालाको सञ्चालन गरिएको छ । विराटनगरका ३ उद्योगपतिको लगानीमा बी स्योर प्रयोगशाला विराटनगरको बरगाछी चौकमा संचालनमा आएको हो ।
करिब ५ करोडको लगानीमा ल्याब स्थापना गरिएको प्रयोगशालाको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिहिबार उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा मन्त्री कार्कीले अहिलेको महामारीलाई सामाना गर्ने गरी निजी क्षेत्रबाट संचालनमा ल्याएको पीसीआर ल्याबले यहाँका नागरिकलाई राहत मिल्ने बताए । प्रयोगशालामा पीसीआर मात्र नभएर अन्य सबै प्रकारका रोगहरुको परीक्षण हुनेछ ।