बिराटनगर, १९ जेठ: संसदमा देखिएको गतिरोधलगायत समसामयिक विषयहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत नेताहरू सहभागी छन्।




