२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, १९ माघ । झापामा आगलागी हुँदा एक वृद्धको मृत्यु भने तीन घर जलेका छन् । गए राति  झापाको कचनकवल गाउँपालिका–१ घेराबारीमा आगलागी हुँदा ६० वर्षीय गोबर्धन राजवंशीको मृत्यु भएको हो ।

आगलागीबाट तीन घर पूर्ण रुपमा जलेर नष्ट भएका प्रहरीले जनाएको छ। आगलागीको जानकारी पाउनासाथ प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी, स्थानीयवासी, नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीबाट राजवंशीका तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रा मरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!