इनरुवा, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले इनरुवामा मसाल जुलुस प्रदर्शन गरेको छ । संसद् विघटनको विरोध गर्दै बुधबार सो समूहले इनरुवा नगर परिक्रमा गरी मसाल जुलुस प्रदर्शन गरेको हो ।
विभिन्न नाराबाजीसहित इनरुवा नगर परिक्रममा गर्दै मसाल जुलुस प्रदर्शन गरेको नेकपा इनरुवा नगर कार्यसमिति सचिव तोया गिरीले बताएकी छन् । संसद् विघटन अलोकतान्त्रिक र असवैधानिक कदम भएकाले संसद् पुनःस्थापना गर्नुपर्ने माग गर्दै मसाल जुलुस प्रदर्शन गरिएको उनले बताइन् ।




