२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २२ माघ । खानेतेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको भाउ घटेपनि खाने तेलकाे मूल्य घटेकाे छैन । कच्चा पदार्थ बढेको हल्ला हुनेबित्तिकै तेलकाे मूल्य बढाउने उद्योगीले मूल्य घटाएका छैन ।

भारतबाट आउने कच्चा पदार्थको भाउ घट्न थालेको एक साताभन्दा बढी भइसकेको छ तर तेलको भाउ भने घटाइएका छैन । नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले तेलको मूल्य घटेको भन्ने हल्ला आए पनि खुद्रा व्यापारीले घटेको अनुभूति गर्न नपाएको बताए । मूल्य घटाउने बेलामा भने स्टकका नाममा अल्मल्याउने गरेकाले उपभोक्ताले राहत नपाएकाे उनकाे भनाइ ।

उनका अनुसार दशैँयता तेलको भाउमा प्रतिलिटर ६० रुपियाँसम्म बढिसकेको छ । तेल उत्पादन गर्ने कच्चा पदार्थको भाउ घट्दा पनि तेलको मूल्य किन घटेन भन्ने अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमनमा अध्यक्ष श्रेष्ठले प्रश्न गरे ।

विभागका अनुगमन संयोजक एवं निर्देशक सागर मिश्रले कच्चा पदार्थ घटिसकेकाले अब नघटाउने तेल उद्योगीलाई कारबाही हुने बताए । उनले केही उद्योगीले प्रतिकार्टोन दुई हजार एक सय रुपियाँबाट घटाएर एक हजार नौ सय रुपैयाँ पुर्याएको भनेको जानकारी दिए । ‘अब भनेअनुसार बजारमा तेल गए वा नभएको विषयमा पनि विभागले एक/दुई दिनमै अनुगमन गर्छ,’ उनले भने ।

निर्देशक मिश्रले भने, ‘तेल घट्यो भनेर मात्रै हुँदैन, कच्चा पदार्थअनुरूप घटे वा नघटेको विषयमा हेर्छौं, नघटाउनेलाई कारबाही हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!