२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

संखुवासभा, १६ फागुन । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छ । स्थानीयस्तरमै रोजगार सिर्जना गर्नेगरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको हो । खाँदबारी नगरपालिकाका प्रमुख मुरारीप्रसाद खतिवडाले यस कार्यक्रमअन्तर्गत नगरका ११ वटै वडाबाट २७६ जना लाभग्राही छनोट भएर रोजगार पाएको जानकारी दिए ।

यस कार्यक्रमअन्तर्गत रहेर लाभग्राहीको सूचीमा परेका नगरभित्र २७६ जनाले दैनिक ५१७ रुपियाँ पारिश्रमिक पाउने गरी न्यूनतम ५० दिन रोजगारी पाउने प्रमुख खतिवडाको भनाइ छ । नगरभित्र बेरोजगारीको सङ्ख्या बढ्दो रहेकाले विदेशिनु परेको भन्दै गुजारा गर्न सहजताका लागि केही अवसर प्राप्त होस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

लाभग्राहीलाई काम गर्नका लागि आवश्यक सामग्री औजारलगायतका सामानहरू खाँदबारी नगरपालिकाले नै उपलब्ध गराउने जनाएको छ । यस कार्यक्रमका लागि सबै वडाबाट छनोट भएकाहरूको जीवन बीमासमेत खाँदबारी नगरपालिकाले गरिदिने व्यवस्था गरेको जनाएको छ र उनीहरूको पारिश्रमिक बराबरको भुक्तानी बैङ्कमार्फत गरिनेछ ।

त्यसैगरी मूल्याङ्कनका आधारमा उत्कृष्ट काम गर्नेलाई पुरस्कारसमेत प्रदान गरिने जनाइएको छ । लाभग्राहीले आआफ्नो वडाभित्र रहेका कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, पूर्वाधारलगायतको कार्यमा समावेश भएर काम गर्नुपर्ने जनाएको छ । देशैभर रोजगार सिर्जना गर्नेगरी आएको यो कार्यक्रम खाँदबारी नगरपालिकामा पनि शनिबारबाट सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!