२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ फागुन । क्रसर उद्योगले अवैध उत्खननका कारण गाउँ नै जोखिममा परेपछि केराबारीका स्थानीयबासी आन्दोलित बनेका छन् । केराबारी गाउँपालिकाभित्र रहेको खोलाबाट अबैध उत्खनन् रोक्न माग राख्दै स्थानीयले गाउँपालिका घेराउसमेत गरेका छन् ।

गाउँपालिकाकाे ८ नम्बर वडामा रहेकाे खदम खाेला भइरहकाे अबैध उत्खननले साेही वडामा रहकाे आमजुङी का करिब ५०० घरपरिवारलाइ जोखिम बनाएको भन्दै उनीहरुले अहिले गाउँपालिका घेराउ गरिरहेका छन् । मनाेमानी उत्खननका कारण गाउँ नै जाेखिममा परेका स्थानीयबासीले गाउँपालिका कार्यालय अगाडिको प्रदर्शन गर्दै घेराउ गरेका हुन् ।

गाउँपालिका कार्यालय घेराउ गर्न आएका स्थानीयले व्यवसायी भीम पाैडेल तथाँ गाउपालिका अध्यक्ष राेहितबहादुर कार्कीविरुद्ध नाराबाजी गरेका छन् । स्थानीयले व्यवसायी भीम पाैडेलकाे क्रसरले मापदण्डविपरित करिव ३० फिट गरहिराइसम्म उत्खनन् गरिरहकाे र त्यसमा गाउपालिका अध्यक्षकाे समेत संलग्नता हुनसक्ने बताएका छन् ।

गाउँपालिका अध्यक्ष कार्की पनि क्रसर उद्योग सञ्चालक हुन् । स्थानीयले गाउँपालिका घेराउ गरेपछि गाउँपालिका कार्यलयमा सामान्य तोड्फोड भएकाे छ भने सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!