२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, १९ फागुन । पर्यटकीय दृष्टिकोणले सुनसरीको इटहरीमा ईपी ल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा ल्याइएको छ । ३० करोड रुपियाँको लगानीमा पर्यटक लक्षित गरी निर्माण गरिएको वाटरपार्कको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उद्घाटन गरेसँगै विधिवत् सञ्चालनमा आएको हो ।

नेपालमै ठूलो लगानीमा ठूलो पार्क दाबी गरिएको ईपी ल्यान्ड प्रवेशमा समेत महँगो शुल्क तोकिएको छ । पार्कका सञ्चालक विनोद पौडेलका अनुसार तीन फिटमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइने छ । साथै प्रवेश शुल्क भुक्तानी गरेपछि वाटर पार्क र एम्युजमेन्ट पार्कको अवलोकन निःशुल्क हुनेछ ।

यसबाहेक जिपलाइन, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्ब, जम्बो प्याकका लागि बेग्लै शुल्क तोकेको छ । जम्बो प्याकको टिकट खरिद गरेपछि प्रवेशका लागि छुट्टै टिकट लिइरहनु पर्दैन । जम्बो प्याकको टिकटबाट हाल पार्कमा रहेका छ प्रकारको वाटर पार्क, एम्युजमेन्ट पार्क, जिपलाइन, वाल क्लाइम्बिङ, एडभेन्चर पार्क, सुमो रेसलिङ र बडी जर्बको रमाइलो गर्न पाइने छ ।

बिहान १० देखि साँझ ६ बजेसम्म खुला रहने यस पार्कमा प्रवेश गरेपछि यहाँभित्र छ घण्टासम्म बस्न पाइने छ । सञ्चालक पौडेलले तीन महिनापछि स्नो पार्क पनि सञ्चालनमा ल्याइने बताए । स्नो पार्कमा कृत्रिम हिउँको पार्क हुनेछ । यसमा हिमाल आरोहण गरेको हिउँमा चिप्लेटी खेलेको आनन्द लिन सकिने छ । साथै हिउँ परेको घरभित्र क्याफे सञ्चालनमा ल्याइने छ ।

पार्कमा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीम पौडेलसहित पूर्वएआईजी कृष्ण बस्नेत, पूर्वडीआईजी ज्ञानविक्रम शाह र काठमाडौँको वू पी ल्यान्ड एम्युजमेन्ट वाटरपार्कका सञ्चालक जगतबहादुर बस्नेतको संयुक्त लगानी छ । यो पार्क भारतीय पर्यटक लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । त्यसबाहेक विदेशी पर्यटकलाई समेत एक दिनसम्म इटहरीमा बिताउन आवश्यक पर्ने सुविधा यो पार्कले दिनसक्ने दाबी गरिएको छ ।

May be an image of pool

May be an image of outdoors

May be an image of pool

May be an image of outdoors

May be an image of outdoors

May be an image of one or more people, people standing and outdoors

May be an image of outdoors

May be an image of outdoors

May be an image of outdoors

May be an image of outdoors

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!