२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, २६ फागुन । झापा मेचीनगर नगरपालिका-६ स्थित न्युन बिशाल होटलबाट लागुऔषध अफिमसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार बिहान ११ बजे लागुऔषध अफिमसहित भारत मनिपुरकी ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङकी ३८ वर्षीया गायत्री देवी क्षेत्री पक्राउ परेकी हुन् ।

प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. १०५ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो बरामदसहित पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!