झापा, २७ फागुन । झापाको दमकमा ट्याक्टरबाट लडेर सह-चालकको मृत्यु भएको छ । दमक नगरपालिका -१ श्रेष्ठ चौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडेर सह-चालक इलामका २१ वर्षीय वसन्त राईको मृत्यु भएको हो ।
बुधवार दिउँसो साढे १ बजे ट्याक्टरबाट खसेर घाइते भएका राईलाइ उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएको थियो । तर, अस्पताल पुग्नासाथ उनकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
ट्याक्टर र चालक झापा दमक -३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।




