विराटनगर, २७ फागुन । विराटनगरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । विराटनगर -१६ हुलास चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लेटाङ ५ का २४ वर्षीय प्रदीप राईलाई पक्राउ गरेकाे हो ।
बुधबार प्रहरीले लागुऔषध एभिल-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल, डाईजोलयाप-१० एम्पुल, फेनारगन-९ एम्पुलसहित उनलाइ पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रानीका अनुसार पक्राउ परेका उनीमाथि थप अनुसान्धान भइरहेको छ ।




