२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विनोद मेहता

विराटनगर, २७ फागुन । प्रदेश नं १ को सुनसरीस्थित बर्जु ताल तराईमा सबैभन्दा ठूलो मानिएको ताल हो । केही समयअघिसम्म बर्जु गाउँपालिका–६ स्थित यो तालले कूल १५२ बिघा क्षेत्रफल ओगटेको छ भने यसअन्तर्गत ठूलो ताल ६० बिघा, सानो पूर्व ताल ३० बिघा र पश्चिम निर्माणाधीन अवस्थामा रहेको ३२ बिघाको ताल छन् । सो तालको परिधिको करीब सात किमी रहेको र यसको एकपटक परिक्रमा गर्न करीब दुई घण्टा समय लाग्छ । पूर्व क्षेत्रको ऐतिहासिक नगरी विराटनगरबाट १२ किमीको दूरीमा पश्चिममा रहेको यो ताललै सबै उमेर समूहका लागि उपयुक्त मानिएको छ ।

 

यस तालमा प्रचारप्रसारको कमीका कारण आन्तरिक तथा विदेशी पर्यटकको संख्या खासै हुँदैथियो । तर प्रचारप्रसार बढेसँगै बर्जु ताल अवलोकन गर्न आन्तरिक तथा विदेशी पर्यटनको ओइरो नै लाग्न थालेको छ । खासगरी पहाडी क्षेत्रमा मात्र पाइने ताल तराईमा रहेकाले यस तालको बेग्लै आकर्षण र महत्व छ । यसले गर्दा दिन प्रतिदिन अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।

 

ताल क्षेत्रमा वनभोज र घुम्नका लागि आन्तरिक पर्यटक मोरङ, सुनसरी, झापा, इलामबाट समेत आउने गर्दछन् । ताल क्षेत्रबाट सीमावर्ती भारतीय शहरी क्षेत्रको दूरी सरदर १२ किलोमिटर मात्र रहेकाले यहाँ भारतको जोगवनी, वीरपुर, फूल्काहा, घुस्की, बस्मतिया जस्ता शहर एवं कस्वाबाट अधिकांश पर्यटक घुम्न आउने गरेका छन् ।

पौराणिक, धार्मिक र ऐतिहासिक महत्वका साथै जैविक विविधतायुक्त समेत रहेकाले यस तालको विकासका लागि प्रदेश र स्थानीय सरकारले केही बजेट विनियोजन गरेका छन् । बर्जु तालको उचित विकास एवं आकर्षक बनाउन प्रदेश सरकार र बर्जु गाउँपालिकाले दृश्यावलोकन स्तम्भ निर्माण गर्न, सडक ग्राभेल बनाउन र तालको वरपरको माटो सम्याउनका लागि तत्काल रु दुई करोड चार लाख बजेट विनियोजन गरेको थियो ।

लको पूर्वी स्वागत द्वारका लागि रु १० लाख र दक्षिणका लागि रु १३ लाख ३९ हजार छुट्याइएको थियो । यस्तै वनभोज स्थलका लागि रु १० लाख ५८ हजार, चमेनागृहका लागि रु ११ लाख २७ हजार र टिकट काउन्टर र सार्वजनिक शौचालयका लागि रु नौ लाख ९९ हजार खर्च गरिएको थियो । तालको संरक्षण गरी यस क्षेत्रमा स्वदेशीविदेशी पर्यटकको आवागमनमा वृद्धि ल्याउन र यस क्षेत्रमा आर्थिक गतिविधि बढाउन स्थानीयवासी दिनरात जुटेका छन् ।

कोरोना महामारीका कारण लकडाउन गरिएको समयभन्दा अगाडि वर्षातकाे महिनाबाहेक दैनिक एक हजारदेखि एक हजार ५०० पर्यटक घुम्ने आउने गरेका थिए । ताल घुम्नका लागि वार्षिक रूपमा आन्तरिक र बाह्य गरी पाँच लाख पर्यटकको सो क्षेत्रमा आउने गरेका छन् । यहाँ भारतीय नागरिकको उपस्थिति धेरै देखिने गर्दछ । यस क्षेत्रमा आन्तरिक पर्यटक अधिकांश बिदाका दिन र शनिबार आउने गर्दछन् भारतीय शनिबार, आइतबार अन्य बिदाका दिन आउने गरेको स्थानीयवासी रामचन्द्र मेहता बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!