२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भोजपुर, १ चैत । भोजपुरमा मिलको फित्तामा सल बेरिँदा एक वृद्धाको मृत्यु भएको छ । भोजपुर रामप्रसादराई गाउँपालिका -१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा घाँटीमा लगाएको सल बेरिएर मृत्यु भएको हो ।

शनिबार साँझ ५ बजे सोही स्थानमा रहेको योगेन्द्र राईको लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाँटीमा लगाएको सल मिलको फित्तामा बेरिन गई दुर्घटना भएको थियो ।

मिलको फित्तामा सल बेरिँदा घाँटीमा चोट लागि घाइते भएकी बानियाँको उपचारको क्रममा स्थानीय संगीता मेडिकल ओख्रेमा राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!