विनोद मेहता
विराटनगर, १ चैत । विराटनगरको कोबास उच्च माध्यमिक विद्यालयको प्रध्यानाध्यापकमा ललितनारायण यादव नियुक्त भएका छन् । आइतबार कोबास कलेजले एक कार्यक्रममार्फत यादवलाई प्रधानाध्यापकमा नियुक्त गरेको जनाएको छ ।
यसअघिका प्रधानाध्यापक सुनिल कुमार श्रेष्ठको स्थानमा यादव नियुक्त भएका हुन् । श्रेष्ठले विराटनगर–१० मा रहेको कोवास कलेजमा पाँच वर्ष प्रअको भूमिका निभाएका थिए ।
यादवले प्रअको भूमिकामा रहन पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा कलेजलाई सफल तबरले अगाडि बढाउने बताए ।
‘आगामी वर्ष शैक्षिक सत्र विधार्थीको वातावरण अनुकुल बनाउने छु र विधार्थीलाई चाहिने शैक्षिक सामग्री सुविधाको व्यवस्था मिलाउने छु’, उनले भने ।
प्रअको स्वागत कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष अजय दास, उपाध्यक्ष रमेशप्रसाद अधिकारी, अमर गुप्तालगायतको सहभागिता रहेको थियो ।




