२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               
राजीव कुशवाहा
विराटनगर, २ चैत । नयाँ पुस्तालाई पत्रकारिता क्षेत्रमा दक्षता प्रदान गर्ने उद्देश्यले आयोजना भएकाे सात दिने पत्रकारिता तालिम सोमबार सम्पन्न भएकाे छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र मोरङ शाखाको संयुक्त आयोजनामा विराटनगरमा फागुन २५ गतेबाट सुरु भएकाे एक हप्ते आधारभूत पत्रकारिता तालिम आजबाट सम्पन्न भएकाे हो ।
No description available.
विराटनगरको पथिभारा ईन (पाञ्चाली) होटलमा आयोजित तालिममा नेपाल पत्रकार महासंघ राष्ट्रिय पूर्व-अध्यक्ष धर्मेन्द्र झा र तालिम प्रबन्धक संघर्ष पन्तले  प्रशिक्षण गराएका थिए । तालिममा मोरङ, झापा, उदयपुर, सुनसरी, ओखलढुङ्गा, धनकुटा, सप्तरी र धनुषाका गरी ४० युवायुवती सहभागी थिए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गत सोमबार तालिमको उद्घाटन गरेका थिए । महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष झाले पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि ११ जिल्लामा तालिमको आयोजना गरिएको जानकारी दिँदै समाजलाई रूपान्तरण गर्ने कार्यमा महिला पत्रकारको ठूलो भूमिका हुने बताए ।
तालिमको समापन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले तालिममा सहभागी भएका पत्रकारहरूलाई एन, नियम, कानुन र आचारसंहिताको बारेमा जानकारी दिएका थिए ।
तालिममा सहभागी भएका पत्रकारहरूलाई प्रमाणपत्र प्रदान गरिँदै तालिम समापन भएको हो । समापन कार्यक्रमका महासंघ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल,  नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल, प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्मा, महाप्रसाद खतिवडा, कुमार लुइँटेल, देवनारायण साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!