२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, ३ चैत । झापाबाट ब्राउन सुगरसहित २ जना भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने २७ वर्षीया सुनिता हेमरम र सोही स्थान बस्ने ३२ वर्षीया अनिता हेमरम रहेका छन् ।

झापा मेचिनगर नगरपालिका १५ फडानिस्थित कासघारीबाट लागूऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज दिउसो साढे १ बजे उनीहरुलाइ ब्राउन सुगर १५० ग्राम सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धुलाबारी झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भई रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!