२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, ४ चैत । धरानबाट ब्राउन सुगरसहित दुई जना भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ वर्षीय बिशन घले र उनको श्रीमती २२ वर्षीया पुन्य तामाङ रहेका छन् ।

मंगलबार दिउँसो १ बजे उनीहरुलाई धरान भानुचौकस्थित तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

६ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुका बारेमा  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!