चन्दन मेहता
देवानगञ्ज, ४ चैत । सुनसरीको देवानगञ्जबाट पेट्रालियम पदार्थको खुलेआम तस्करी हुनेगरेको छ । भारतसँग जोडिएको घुस्की, साहेवगंज र साविकको कप्तानगंज नाकाबाट दैनिक डिजेल र पेट्रोलको तस्करी हुनेगरेको छ ।
स्थानियकाअनुसार दैनिक त्यहाँबाट ग्यालिनमाराखेर तेल तस्करी भैरहेको छ । तर सम्बन्धितपक्ष तस्करी रोक्नमालागिपरेको देखिँदैन । देवानगंजको गुप्ताआयत ट्रेडर्स र भगतआयत ट्रेडर्सबाट तेल तस्करी भैरहेको छ । देवानगंजका स्थानिय दिलीप यादवका अनुसार त्यहाँबाट दैनिकलगभग ३ हजार लिटर तेल तस्करी भैरहेको छ ।

मोटरसाइकलमा राखेर तेल तस्कर भैरहेको उनले बताए । बोर्डरमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको भएपनि तस्करी रोकिन नसकेको उनको भनाई छ । त्यहाँका किसानलाई पेट्रोल पम्पले तेल नभएको भन्दै फर्काउँदा किसानहरु भने विराटनगर आउन बाध्य छन् ।

तर, तिनै पेट्रोल पम्हरूले भारत तस्करी गर्न तेल जति पनि दिने गरेको अर्का स्थानीय कृषक महेश मेहताले बताए । उनले भने, ‘हामी जाँदा तेल छैन भनेर फर्काउने गरेको छ । तर तस्करहरुलाई लिटरमा ५ रुपैँयासम्म महंगोमा बेच्ने गरेको पाईयो ।’
त्यहाँका पेट्रोल पम्ममा भारतीय नम्बर प्लेटका मोटरसाइकल साथै त्यँहीका तस्करहरुले ग्यालेनमा तेल राखेर तस्कर गर्ने गरेका छन् । तस्करहरुले तेल भारतीय बजार धुर्ना, फुल्काहा लगायतकाअन्य स्थानमा पुर्याउने गरेको स्थानियको भनाई छ ।

ईलाकाप्रहरी कार्यालय देवानगंजका प्रहरी इन्चार्ज गजेन्द्रप्रसाद श्रेष्ठले भने तेल तस्करी नभएको बताएका छन् । उनले भने, ‘यहीँका स्थानिय किसानले ग्यालिनमा तेल लग्ने गरेका छन्, तस्करी भएको अवस्था छैन् ।’ स्थानियले नै भारतीय नम्बर प्लेटका मोटरसाइकल चलाउँछन, उनले भने ‘त्यही कारण तेल तस्करी भएको सोचाई आएको हुनसक्छ ।’





