२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ५ चैत । विराटनगरमा बिहीबार सार्वजनिक बिदा दिइएको छ । विराटनगरका पहिलो निर्वाचित मेयर अशोक कोइरालाको मृत्यु शोकमा आज सार्वजनिक बिदा दिइएको हो ।

विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले पूर्व-मेयर कोइलाराको निधनको शोकमा बिहीबार अत्यावश्यक बाहेकका नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

कोइराला विराटनगर उपमहानगरपालिकाका पहिलो निर्वाचित मेयर हुन् । २०४८ सालमा मेयरमा निर्वाचित भएका कोइरालाले २०५४ सालसम्म काम गरेका थिए ।

कोइरालाको गए राति १ बजे निधन भएको हो । उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए ।

७५ वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको आजै दिउँसो १ बजे शवयात्रा निकाल्ने कांग्रेसको पार्टी कार्यालय पुगेर एक घण्टा श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम छ । आजै विराटनगरको हाटखोलास्थित विश्रान्त घाटमा अन्त्येष्टि हुने सचिव रेग्मीले जानकारी दिए ।

May be an image of text that says 'विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय फू्याक्स्: ९७७-२१-५१५४५२ फोन ९७७-२१-५१४५७९ विराटनगर, कार्यपालिकाकत सेवाल मिति: २०७७/१२/०५ सार्वजनिक विदाको सूचना नेपालमा बहुदलीय शासन व्यवस्थाको पूनस्थापना पश्वात तत्कालीन विराटनगर उपमहानगरपालिकाको पहिलो मेयर (२०४९-२०५४) तथा संविधान सभा सदस्य र पूर्व राष्ट्रय सभा सदस्य समेत रहनुभएका श्री अशोक कोइरालाको मिति २०७७/१२/०५ मा असामयिक निधन भएको हुँदा उहाँप्रति हार्दिक श्रद्धाज्वली व्यक्त गदैं शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ्ौं। यस शोकको घडीमा अत्यावश्यक सेवा बाहेक यस कार्यालय, अन्तर्गतका वडा कार्यालय र सामुदायिक विद्यालयहरूमा प्रमुख स्तरीय निर्णयानुसार मिति २०७७/१२/०५ गतेका दिन सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सूचित गरिन्छ| (उमेश बस्नेत) प्रमुख प्रशासकीय अधिकृत'

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!