२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

राजीव कुशवाहा

विराटनगर, ५ चैत । विराटनगरदेखि हरिनगरा जोड्ने बाटोको खाल्डो नपुर्दा जोखिम बढेको भन्दै स्थानीयले सडक अवराेध गरेका छन् । बिहीबार  विराटनगर वडा नं ५ शंकरबारीमा सडकको खाल्डो नपुर्दा जोखिम बढेको भन्दै स्थानीयले केसलिया पुलमा बाँस बाँधेर बाटो अवरुद्ध गरेका हुन् ।

स्थानीयले विराटनगर र बर्जु जोड्ने केसलिया खोलामाथिको पक्की पुलनजिकै विराटनगरतर्फको सडकमा बाँसको ढाट लगाएरै सवारी आवागमन बन्द गराएका थिए ।

केसलिया पुलदेखि पूर्वपट्टी सडकमा ठूलो खाल्डो रहेकाे छ । सो खाल्डोका कारण केही दिनअघि ट्याक्टर आलु लोड गरेको ट्याक्टर पल्टिएको थियो । उक्त सडक खण्ड हुलाकी मार्गअन्तर्गतको हो ।

दैनिक सयौँ सवारी सञ्चालन हुने यो सडक अत्यन्तै व्यस्त रहने गरेको स्थानीय राधेश्याम मेहेताको भनाइ छ । दैनिक विद्यार्थी बालबालिका बोकेर शैक्षिक संस्थाका दर्जनौ सवारी साधन पनि सञ्चालन उनले उनले बताए ।

‘सडकको खाल्डो नपुरेका कारणा जोखिम बढेपछि हामीले पुलमा बाँस बाँधेर सडक अवरोध गरेका हाैँ’, स्थानीय उदय पासवानले भने, ‘यस विषयमा वडाध्यक्ष मीनकुमार आचार्यसँग गुनासाे राख्दा पनि सुनुवाइ भएन ।’

उनका अनुसार गए राति साेही खाल्डोमा परेर मोटरसाइकल दुर्घटना भएकाे थियो । मोटरसाइकल चालकलाइ समान्य चोट लागेकाे बताउँदै उनले भने, ‘हिजो बिहना स्कुलको गाडी झण्डै पल्टिएको थियो । हिजै राति मोटरसाइकल दुर्घटना भयो । सडक बिग्रिएका कारणा हामी दुर्घटनाको जोखिममा छाैँ ।’

आफ्नो गुनासो सुनाउँदा पनि सुनुवाइ नभएपछि स्थानीय बिहान ७ बजेदेखि केसलीया पुलमा बाँस बाँधेर बाटो अवरुद्ध गरेको थिए । वडाध्यक्ष मीनकुमार आचार्यले तत्काल सडक मर्मतको काम अघि बढाइने बताए । सडक निक्कै जोखिमपूर्ण बनेको स्वीकार गर्दै उनले अब टिपरबाट गिट्टी खन्याएर मर्मत गरिने र खाल्डा पुरिने जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!