विराटनगर, ५ चैत । विराटनगरको महेन्द्रचोकमा सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको पहिचान खुलेकाे छ । बुधबार महेन्द्रचोकस्थित मदर एण्ड चाईल्ड अस्पतालअगाडि सवारी दुर्घटना हुँदा गम्भीर घाइते भएकी उनी विराटनगर १६ बर्माटोलकी ६६ वर्षीया विन्दा कोइराला रहेकाे पारिवारिक स्रोतले जनाएको छ ।
विराटनगर बसपार्कतर्फ जाँदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकले उनलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बनेकी उनलाई मदर एण्ड चाईल्ड अस्पतालको एम्बुलेन्सले उपचारका लागि न्यूरो अस्पताल लगेकाे थियो ।
दुर्घटनापछि उनको पहिचान नखुल्दा उपचारमा समस्या भएकाे थियो । तर, विभिन्न सञ्चारमाध्यममा खबर आएपछि परिवार सम्पर्कमा आएको हो ।




