२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ चैत । विराटनगर महानगरभित्रका विद्यालयका शिक्षकहरूलाई कोरोनाविरुद्धको खोप लगाइने भएकाे छ । सोमबार विराटनगर महानगरले एक सूचना जारी गर्दै विराटनगरका शिक्षकलाइ कोभिड-१९ विरुद्धको खोप लगाइने जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले सामुदायिक र निजी विद्यालयका शिक्षकलाई खोप लगाउने निर्णय गरेको हो । पहिलो र दोस्रो चरणमा छुटेका व्यक्ति र विराटनगरका सामुदायिक र निजी विद्यालयका शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाइनेछ ।

मोरङमा पाँच हजार आठ सय डोज भ्याक्सिन स्टकमा छ । सो खोप चैत महिनाभित्र लगाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!