२०८२ फाल्गुन २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ११ चैत । बलिउड अभिनेता आमिर खानलाई कोरोना पुष्टि भएको छ । बुधबार कोरोना पोजिटिभ भएसँगै उनी आफ्नै निवासमा क्वारेन्टाइनमा छन् । कोरोना पुष्टिभएसँगै होम क्वारेन्टाइनमा रहेका उनले हालसालै आफूसँग सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन अनुरोध गरेको द टाइम्स अफ इन्डियाले जनाएको छ ।

‘आमिर खानको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। उनी घरमा सेल्फ क्वारेन्टिनमा छन् र सबै प्रोटोकल्सको पालना गरिरहेका छन्। उनी ठिक छन्। उनको सम्पर्कमा आएका सबैले परीक्षण गर्नुपर्छ र सबै नियम पालना गर्नुपर्छ। तपार्ईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद,’ उनका प्रवक्ताले भनेका छन् ।

आमिर ‘लालसिंह चड्ढा’ मा करिना कपुर खानसँग देखिँदैछन् । केहि दिन अघि आमिर खानले समाजिक संजाल नचालउने घोषणा गरेका थिए । पछिल्लो समय आमिरले फिल्म ‘लाल सिंह चढ्ढा’ को छांयाकनलाई समय दिइरहेका थिए । हाल मुम्बईमा फेरि कोरोना संक्रमण बढ्दै जाँदा बलिउड पनि प्रभावित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!