२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १२ चैत । जिल्ला सुनसरी प्रशासन कार्यालयले कोरोना भाइर संक्रमण बढेकोले सतर्क रहन जिल्लाबासीमा आग्रह गरेको छ । बुधबार बसेको कोभिड-१९ बैठकले पछिल्लो समयमा छिमेकी भारतमा कोभिड–१९ को संक्रमण बढेकाले सतर्क रहन जिल्लाबासीमा अनुरोध गरेको हो ।

संक्रमण बढ्नसक्ने भएकाले स्वास्थ्य मन्त्रालयले सचेत रहन गरेको अपिलबमोजिम जिप्रका सुनसरीले स्वास्थ्य सचेतता अपनाउन सर्वसाधारणमा अपिल गरेको हो ।नेपाल–भारत खुला सीमाबाट भइरहेका आवत–जावतले जोखिम निम्तिन सक्नेतर्फ सचेत गराउँदै अनावश्यक आवत–जावत नगर्न र स्वास्थ्य सचेतता अपनाउन जिप्रकाले अनुरोध गरेको छ ।

त्यस्तै, हिन्दूहरूको पर्व होली निकट आएकाले होली मनाउने क्रममा भिडभाड नगर्न पनि भनिएको छ । भिडभाड हुने कुनै गतिविधि नगर्न, रात्रिकालीन व्यवसायहरूमा हुने जमघट कम गर्न र अबेर रातिसम्म व्यवसाय सञ्चालन नगर्न जिप्रकाले पत्रमा उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!