विनोद मेहता
विराटनगर, १२ चैत । विराटनगरको अरनिको प्लस टुमा विध्यार्थीहरुले तोडफोड गरेका छन् । कक्षा ११ को परीक्षामा राम्राे नम्बर नदिएकाे भन्दै विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।
बिहीबार कक्षा १२ का विद्यार्थीले परीक्षामा लेखेकाे भन्दा नम्बर फरक आएको भन्दै कलेजमा तोडफोड गरेका हुन् । विद्यार्थीले प्लस-टु काे झ्यालका सिसा तोडफोड गरेका हुन् ।

विद्यार्थीले ताेडफाेड गरेपछि प्रहरी कलेजमा पुगेको थियो । अरनिकाे प्लस-टुका प्रिन्सिपल राजेश कार्कीका अनुसार कक्षा ११ को परीक्षामा नम्बर कम दिएको भन्दै विद्यार्थीले तोडफोड गरेका हुन् । उनका अनुसार कक्षा १२ मा ८ सय विद्यार्थी अध्ययनरत छन् ।




