२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा, १२ चैत । झापामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको कन्काई नगरपालिका–३ सुरूङ्गाकी ३९ वर्षीया महिला रहेकी छन् । उनको कोरोनाका कारण बिहीबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

विर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे उनको ज्यान गएको हो । १० दिन अघि मात्र ती महिला भारतबाट घर फर्किएकी थिइन् । भारतबाट आए लगत्तै उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि विर्तामोडको विर्तासिटी अस्पताल लगिएको थियो ।

उपचारका क्रममा कोरोना पुष्टि भएपछि उनलाई बिएण्डसी सारिएको थियो । उनको उपचारकै क्रममा बिहीबार मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!