अजय मण्डल
देवानगञ्ज, १२ चैत । सुनसरीको देवानगञ्ज गाउँपालिकाले आयोजना गरेको चार दिने योग शिविर बिहीबार सम्पन्न भएकाे छ । देवानगञ्ज गाउँपालिका वडा नं ३ मा आयोजित योग शिविर आज सम्पन्न भएको हो ।
उक्त शिविरको चार दिनमा करिब ४०० देखि ६०० जनाले लाभ उठाएका थिए । ‘योग गराैँ निरोगी बनाैँ’ भन्ने नाराका साथ देवानगञ्ज गाउँपालिकाका आयुर्वेद शाखाको आयोजनामा बिहान ४ बजेदेखि ६ बजेसम्म शिविर आयोजना गरिएको थियो ।

समापन कार्यक्रमका देवानगञ्ज गाउँपालिका अध्यक्ष लालीप्रसाद मेहताको प्रमुख आतिथ्यता रहेको थियो भने गाउँपालिकाका सम्पूर्ण कर्मचारीको उपस्थिति थियो । शिविरको समापन गर्दै अध्यक्ष महताले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ती तथा मन र दिमागको सन्तुलन हुने भएकोले योग शिविर कार्यक्रम सञ्चालन गरेकाे बताए ।





