२०८३ श्रावण १२       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १७ चैत । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीच आज दिउँसो वार्ता हुँदैछ । गृहमन्त्रालयमा आज १ बजेपछि दुई पक्षबीच वार्ता हुने समितिका सदस्यहरुले जानकारी गराएका छन् ।

थारु कल्याणकारिणी सभा (थाकस) का केन्द्रीय अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले आज मंगलबार विहान पाँच सदस्यीय बार्ता टोली गठन गरेपछि सरकारसँग वार्ता हुन लागेको हो ।

सरकारले सोमबार नै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी बार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!