२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

राजीव कुशवाहा

बर्जु, १९ चैत । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीका आगलागी पीडितलाई जनता समाजवादी पार्टीले राहत सामग्री उपलब्ध गराएको छ । बिहीबार जसपा केन्द्रीय सदस्य दिनेश मेहता नेतृत्वको टोलीले बर्जुका आगलागी पीडितलाई राहत सामग्री वितरण गरेकाे हो ।

गत बिहीबार साँझ स्थानीयवासी प्रभु ऋषिदेवको घरमा रहेको विद्युतीय मिटरबाट लाइन चुहिएर आगलागी भएको थियो । आगलागीबाट करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुमान छ ।

आगलागीमा परेर स्थानीयवासी प्रभु ऋषिदेव, चोकी ऋषिदेव, विजय ऋषिदेव, सञ्जय ऋषिदेव, बाबुराम ऋषिदेव, लक्ष्मण ऋषिदेव र लवदिया ऋषिदेव गरेर सात परिवारको ११ घर जलेर पूर्णरूपले नष्ट भएको थियो । आगलागीमा स्थानीयवासीको घर, घरभित्र रहेका अन्नपात, लत्ताकपडा फर्निचरका सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको हो ।

सदा समुदायको बसोबास रहेको बस्तीमा आगोले सबै थोक खरानी बनाइदिएपछि जसपाले उनीहरुलाइ राहत सामग्री उपलब्ध गराएको हो । जसपाले हरेक पीडित घर-परिवारलाई किराना सामानहरू २० किलो चामल, १/२ लिटर खाने तेल, १ प्याकेज नुन, १ नुहाउने साबुन, १ किलो दाल, आलुलगायत सामग्री वितरण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!