२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ चैत । मोरङको विराटनगरस्थित आदर्शमा छ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । शुक्रबार महानगरपालिका-७ स्थित नेपाल कै ऐतिहासिक आदर्श माध्यमिक विद्यालयमा छ जना गरिब तथा जेहन्दार  विद्यार्थीहरुलाइ जनही दस हजारका दरले छात्रवृत्ति गरिएको हो ।

पाकिस्तानी राजदूतावासले अनवेशा चौधरी ,नितेश चौधरी ,मनिसा राजवंशी ,प्रमिला चौहान, नेहा साह र शशिला सुब्बालाई चेक हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद दुलालले जानकारी दिए ।

दुलालले छात्रवृत्तिको औचित्यमाथि प्रकाश पार्दै पाकिस्तानी राजदूतलाई धन्यवाद दिए । उनले विद्यालयका वरिष्ठ शिक्षक शुभेसचन्द्र दासको सकृयतामा विद्यार्थीहरू लाभान्वित भएको बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाको मेयर भीम पराजुलीको उपस्थिति रहेकाे थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!