२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मुकेशकुमार यादव

विराटनगर,  २८ चैत । समाजवादी ट्रेड युनियन महासंघ प्रदेश नं १ समितिको प्रदेश सचिवमा विकास मण्डल मनोनित बनेका छन् । शनिबार होटल महेन्द्रमा बसेको बैठकबाट मण्डल प्रदेश सचिव पदमा मनोनीत भएका हुन् ।

मोहम्मद नसरुलको अध्यक्षतामा बसेको उक्त बैठकले उपाध्यक्षमा धिरज अडवाणी, सह-सचिवमा मो.साहिल खान र मनोज ऋषिदेव तथा सह-कोषाध्यक्षमा गुडिया साहलाइ मनोनीत गरेकाे हो ।

No description available.

बैठकमा प्रमुख अतिथि महासंघका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, सह-अध्यक्ष जोगीलाल यादव, केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ इन्चार्ज नवराज लिम्बु, प्रदेश नं १ सह-इन्चार्ज राजेश यादवलगायत प्रदेश समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!