मोरङ, ३० चैत । मोरङको सुन्दरहरैँचामा वाइरिङ गर्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा सुन्दरहरैचा ७ गोठगाउका २६ वर्षीय बिनोद घिमिरे रहेका छन् ।
आइतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाइरिङ गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।




