मोरङ, ३० चैत । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ । मोरङको लेटाङ-९ का ४५ वर्षीय रबिन्द्रकुमार लिम्बूको आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।
गत राति साढे १२ बजे लेटाङ ९ पारुहाङ चोकस्थित मे९प ९५१ नम्बरको आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाईते भएका चालक लिम्बूको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।




