सुनसरी, ६ वैशाख । सुनसरी कोशी गाउँपालिकाबाट एक युवा पेस्तोलसहित पक्राउ परेका छन् । सोमबार कोशी गाउँपालिका-४ स्थित जुद्धगंजबाट सप्तरी कन्चनरुप नगरपालिका-१ का २४ वर्षीय जमाल भन्ने तालिम मन्सुरी पक्राउ परेका हुन् ।
उनलाई गत राति साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो ।
मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई विशेष सुराकका आधारमा पक्राउ गरिएको हो । उनीमाथि खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।




