२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इनरुवा, ७ वैशाख । सुनसरीको इनरुवा नगरपालिकाले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निराैलाले मंगलबार विज्ञप्ति जारी गर्दै भोलि सार्वजनिक बिदा दिइएको जनाए ।

नगरबासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बुधबार देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ ।

यस वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा, आराधना एवं दर्शन गर्नेछन् ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!