२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, १४ जेठ । रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो ।

न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिए । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर र विज्ञापन बोर्डका सदस्य समेत थिए ।

कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अवस्था जटिल भएपछि भेण्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!