२०८३ बैशाख ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २३ जेठ । मोरङको जहदा गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । आइतबार स्थानीय श्रीलक्ष्मी नागराज युथ फोर्सले विपन्न परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराएको हो ।

गाउँपालिकाका छोटी महादेवटाेल, भीमपुर, मल्दैया टाेलका विपन्न परिवारलाई घरमै पुगेर १-१ बोरा २५ केजीको चामल, ३ केजीको भुजा प्याकेट, नुन, तेल र दाल वितरण गरिएको युथ फोर्सका अध्यक्ष प्रेमकुमार गन्गाईले बताएका छन् ।

उनका अनुसार कोरोना भाइरस संक्रमणका कारण जारी निषेधाज्ञाबाट प्रभावित बनेका विपन्न परिवारहरुलाई सहयोगस्वरुप राहत वितरण गरिएकाे हो । गन्गाईले जीवन विकास समाजको सहकार्यमा आजबाट सुरु भएको यो अभियानले निरन्तरता पाउने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!