२०८३ बैशाख ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ जेठ । के एल दुगड ग्रुपले सोमबार सय जना यातायात मजदुरलाई खाद्य सामग्री वितरण गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले राहत वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

दुगड ग्रुपले स्वस्तिक आयल मिलको तर्फबाट सो सहयोग प्रदान गरेको हो । सहयोगमा प्रति परिवार २५ किलो चामल, डेढ किलो दाल, एक किलो नून र एक लिटर खाने तेल दिइएको छ । निषेधाज्ञासँगै यातायातका साधनहरू नचल्दा काम गर्न नपाएर विचल्लीमा परेका यातायात मजदुरहरूलाई सो सहयोग प्रदान गरिएको हो ।

राहत वितरणमा मजदुर नेताहरू किशोर धमला, राजन कँडेल आदिको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!